Rule 12
आर्थिक सहयोगको स्रोत खुलाउनु पर्ने
दलले ऐनको दफा ३८ बमोजिम कुनै नेपाली नागरिक वा सङ्गठित संस्थाबाट एकलाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग लिँदा त्यस्तो सहयोग दिने व्यक्ति वा संस्थाको नाम, थर, ठेगाना, पेशा, स्थायी लेखा नम्बर तथा त्यस्तो आर्थिक सहयोग दिइएको रकमको स्रोत र त्यस्तो रकममा कर लाग्ने, नलाग्ने कुराहरु खुलाउन लगाएर मात्र लिनु पर्नेछ र त्यस्तो विवरणको अभिलेख समेत राख्नु पर्नेछ ।